| १ पुष २०७८, बिहीबार १२:०१
काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट मतगणना सुरु भएको हो ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्छ ।
सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।
गणना भएको मत संख्या : ६००
क्र.सं. | उम्मेदवारको नाम | मत | परिणाम |
१ | गगनकुमार थापा | ३८१ | – |
२ | विश्वप्रकाश शर्मा | २३१ | – |
३ | प्रदीप पौडेल | २०६ | – |
४ | डा. प्रकाश शरण महत | २०१ | – |
५ | डा. मिनेन्द्र रिजाल | १०१ | – |
६ | डा. राजाराम कार्की | ०५ |