☰ open Loading... 24 November 2024|  

शिक्षक आवेदन शुल्क ५ हजार ?
  | ३ पुष २०७८, शनिबार ०५:३५

 

 

जुम्ला — यहाँको तिला गाउँपालिका–३ कुडारीस्थित सरस्वती प्राविधिक माविले शिक्षक आवेदन शुल्क पाँच हजार राखेर विज्ञापन गरेपछि त्यसको विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित ६ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ ।

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि ४र४ हजार र मावि शिक्षकका लागि ५र५ हजार आवेदन दस्तुर तोकेको छ । यद्यपि, बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर एक हजार रुपैयाँ उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरीत तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए । ‘शिक्षक सेवा आयोगले प्रावि तहको ५ सय , निमाविका लागि ८ सय र माविका लागि एक हजार मात्र लिन्छ,’ शाखा अधिकृत भण्डारीले भने, ‘स्थानीय सरकार कता छ रु यो हदभन्दा बढी भएन र भन्या रु’

त्यस्तै, भानुभक्त माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका–७ बर्दियाका प्रधानाध्यापक करबहादुर बस्नेतले ऐन, नियमावली विपरीत शुल्क तोक्न नहुने बताए । उनले कुनै पनि विद्यालयले मनोमानी तरिकाले शुल्क लिन नपाइने कानुनी प्रावधान रहेको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमार्फत नै त्यस्ता विद्यालय प्रशासकलाई कारबाही हुनुपर्ने विचार व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरीत भएको बताए । ‘डेढदेखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि त्यो विद्यालय समन्वय एकाइमा अनुमति लिन आएन,’ प्रमुख भण्डारीले भने, ‘उक्त विद्यालयले यसअघि अनुमति नलिएर नियुक्ति गरेका बीएस्सी एजी र तल्लो तहका शिक्षकको जागिर धरापमा छ ।’ सरस्वती प्राविधिक माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले प्रधानाध्यापकको सल्लाहअनुसार आवेदन दस्तुर पाँच हजार र चार हजार राख्ने निर्णय गरिएको जनाए । उनले त्यस विषयमा प्रधानाध्यापकसँग बसेर पुनः विचार गर्ने प्रतिक्रिया दिए ।

 

प्रधानाध्यापक रामविलास यादवले आफूले नभई विद्यालय व्यवस्थापन समिति बसेर नै निर्णय गरिएको जिकिर गरे । ‘विज्ञापन भइसक्यो, अब के गर्ने रु’ प्रधानाध्यापक यादवले भने, ‘सामाजिक सञ्जालमा गइसकेकोले त्यसैअनुसार परीक्षा लिने त होला ।’ विद्यालयले १५ दिनको अवधि राखेको आवेदन दर्ता समय पुस ९ गतेसम्म छ ।

उक्त सूचनाले आवेदकलाई आकर्षितभन्दा विकर्षित हुन बाध्य बनाएको सरोकारवालाले उल्लेख गरेका छन् । २०७६ मंसिर १८ गते त्यहाँको विद्यालय व्यवस्थापन समितिले लेखापालको साढे ११ हजार तलबमा साढे १३ हजार बढाएर २५ हजार रुपैयाँ पुर्‍याउने जस्तो मनोमानी काम गरेको तिला–३ कुडारीका स्थानीयवासी मानबहादुर बुढाक्षेत्रीले सुनाए । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यस विषयमा आफूलाई केही थाहा नभएको र जानकारी पनि नदिइएको बताए ।रासस