दैलेख -दैलेखको काडाचौर बर्षपार्कलाई स्थायी रुपमा कायम माग गर्दै स्थानीयले नारायण नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । गत मंसीर १४ गते जिल्लाका सरोकारवालाहरुको बैठकले काडाचौर बषपार्कलाई स्थायी रुपमा कायम गर्न भनी गरेको निर्णयलाई कार्यान्यन गर्न माग गर्दै नगर प्रमुख खड्कालाई ज्ञापन पत्र बुझाएका हुन ।
गत मंसीर १४ गते जिल्लाका सरोकारवालाहरुबिच बैठक बसी काडाचौर स्थित बषपार्कमा नै गाडीहरु पार्किङ गर्ने निणय भएको थियो । सोही निर्णयलाई कार्यान्यन गर्न माग गर्दै आज स्थानीयले ज्ञापन पत्र बुझाएका हुन ।
सदरमुकाम दैलेखमा अव्यवस्थित पार्किङले बजारको सुन्दरतामा असर गरेको र ओहोरदोहोरमा समेत समस्या हुने गरेको भन्दैै सरोकारवालाहरुको बैठकले बषपार्कमै गाडीहरु पार्किङ गनुृपर्ने निर्णय गरेको थियो ।
दैलेखमा सवार हुने यात्रुुबाहक बस मालबाहक साधनहरु पुष्पलाल मध्यपहाडी रुट प्रयोग गर्नू पर्ने,बजार क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन,गाडी पार्किङ ,सदरमुकामका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न बजार क्षेत्रमा सवारी पार्किङका गर्न नपाउने यस अघि नै निणर्य भएको थियो ।