☰ open Loading... 27 December 2024|  

जुम्लाको तातोपानी धारामा नुहाउँनेको भिड बढ्दो
  | ६ पुष २०७८, मंगलवार १९:२४

 

गणेश रावत, जुम्ला ः जुम्लाको तातोपानी धारामा पछिल्लो समय नुहाउँने मानिसको भिड लाग्ने गरेको छ । अहिले जुम्लाको तापक्रम दिन प्रतिदिन घढ्दै जादा तातोपानिमा भिड लाग्ने गरेको हो । जुम्लामा धेरै चिसो हुने गरेका कारण यहाँको पानी आफै बरर्फ जम्ने गरेको हुन्छ । जसो तसो यहाका नागरिक आफुलाई न्यानो बनाउन सबै प्रयासरत गरेका छन् । चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आबश्यक छ । त्यसमाथि जुम्लाको माईनस डिग्रीको चिसो मौसममा तातो कसलाई चाहिदैन र ? जुम्ला बासीले हिउदे समयमा तातो लुगालगाउने देखि खानपान तथा सरसफाईका सबै कार्यहरु गर्दै आउने गर्दछन ।यो समयमा दाउँरा ,को अति आबसेक र्पछ । चिसो कटाउान दाउँरा बालेर जेनतेन दिन बिताउँदै आएका छन् । तातै घरमा खाने, बाक्लो उँनका कोड , बाक्ला जेकेट ,पन्जा लगाउने कुरा गर्छन । सबै जुम्ला बासिको अहिले आगो प्यारो बनेको छ । यहाँ तातोपनी ताताउनका लागी बत्ती पनी प्रयाप्त छैन । जुम्ला बासिको लागि चिसो मौसमकोे लागी एक मात्रै न्यानो पानी हो जुम्लाको तातोपानी । यो पनी अहिले जुम्ला बासिको सरसफाइ ,नुहाउँन चिसो मौसममा न्यानो दिने काम गरेको छ । जब जुम्लामा चिसो बढ्छ तातोपानी धारामा नुवाउको लागी आउनेको चाँप बढ्ने गरेको छ । चिसो बढे संगै नुहाउन आउनेहरुको आकर्षण बढ्दो देखिन्छ ।तातोपानी पर्यटक ब्यवस्थापन समिति छ । तिन जना कर्मचारी पनी छन । समितिले तातोपानी धारामा नुवाउनका लागी केही शुल्क तोकेको छ । जुम्लाको हकमा २० रुपैया र जिल्ला बाहिरको हकमा ३० रुपैया । यसरी उठाइएको शुल्कले महिनामा २५ हजार तिन जना कर्मचारीको तलब दिइने गरेको छ भने बाँकी समितिको खातामा जम्मा हुने गरेको कर्मचारी छक बहादुर बुढाले बताए । उनले भने एक महिनामा ४० देखी ६० हजार शुल्क बाट आम्दानी हुने गरेको छ । अहिले चिसो बढेसँगै तातोपानी नुवाउनका लागी एक दिने १सय ५० जना भन्दा आउने गरेका छन । बुढा भन्छन ,जुम्लामा चिसो बढे संगै तातोपानी धारामा नुहाउनेहरुको संख्यामा पनि बृद्धि हुन्छ । जुम्लाको तातोपानी धारामा नुहाउन आउने जुम्लाका मात्रै नभइ देशभर बाट आउने गरेका छन ।