सुर्खेत- केहीदिन देखी कर्णाली सहित देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण चिसो बढेको जनाएको छ। न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना बढेको छ। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। न्यून चापीय प्रणालीले न्यूनतम तापक्रम थोरै बढ्नसक्छ भने अधिकतम तापक्रम घट्ने हुन्छ।
बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। तराईका भू-भागमा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। सुर्खेतको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको छ भने सबै भन्दा कम जुम्लाको तामक्रम मार्इनस ५ दशमलव ५ डिग्रि सेल्सियस माप गरिएको छ।