दैलेख । दैलेखमा ३५ हजार५सय५० बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दैलेखको सहकार्यमा दैलेखका सबै ९०वडाका निमावि र मावि विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो ।
विद्यालयमा अध्ययन गर्ने १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मिले जानकारी दिए । उनकाका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ।
यस्तै नारायणनगरपालिका दैलेखले पुस ८ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।मोडर्ना खोप नारायणका२१ विद्यालयमा अध्ययनरत करिब ४हजार १सय जना विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउन लागिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह- संयोजक लाल बहादुर खड्काले बताए ।खोप बिहीबार देखि लगाउन सुरु गरिने सह -संयोजक खड्काले जानकारी दिए ।