गणेश रावत,जुम्ला- कर्णाली स्पोर्ट क्लबले दुई महिनाको अवधिमा विभिन्न प्रतियोगितामा विजयी भएर जुम्ला आएका खेलाडीहरुलाई सम्मान गरेको छ। मंसिर र पुस महिनामा नेपालमा भएका विभिन्न प्रतियोगितामा सहभागी भएर जुम्ला फर्केका खेलाडीहरुलाई अभिनन्द गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । विभिन्न प्रतियोगितामा विजयी भएर आएका खेलाडीहरुलाइ अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाया, क्लबका उपाध्यक्ष डाक्टर नवीन थापा र क्लबका सचिव मधुराज न्यौपानेले खेलाडीहरुलाई खादा र अबिर लगाएर सम्मान गरेका हुन्।


क्लबबाट मंसिर ४ गते नेपालगञ्जमा भएको धारापासी म्याराथन प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबका बन्दना बुढा खुल्ला तर्फको ५ किलोमिटर दौडमा तृतीय भएकी थिइन्। स्कुल स्तरीय ५ किलोमिटर प्रतियोगितामा दिपेन्द्र बुढा तृतीय, स्कुल स्तरीय ३ किलोमिटर दौडमा सविता बुढा प्रथम र स्कुल स्तरीय ३ किलोमिटर दौडमा मन्जीता ऐडि द्वितीय भएका थिए। यस्तै मंसिर २० गते काठमाडौंको दशरथ रंगशालामा भएको युथ एथेलेटिक्स २० वर्ष मुनिको प्रतियोगितामा ३ हजार र ८ सय किलामिटर दौडमा राममाया बुढा प्रथम, ३ हजार किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, बन्दना बुढा द्वितीय भएका थिए। पुस ३ गते काठमाडौं भएको रेफर प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबबाट सहभागी भएका राममाया बुढा ५ किलोमिटर दौडमा द्वितीय, कजेल स्तरीय ५ किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, कजेल स्तरीय ३ किलोमिटर दौडमा बन्दना बुढा प्रथम र कजेल स्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा सविता बुढा द्वितीय भएका थिए।
सबै प्रतियोगितामा क्लबको तर्फबाट भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडिलाई शनिबार जुम्लामा सम्मान गरिएको क्लबका अध्यक्ष सरोज शाही बताए। विभिन्न प्रतियोगितामा खेलाडिहरुलाई सहभागी गराउनको लागि क्लबमा आवद्ध भएका पदाधिकारीले खल्तीबाट रकम खर्चे गर्नु परेको थियो।ु खेल क्षेत्रप्रति स्थानीय तह र सरोकारवाला निकायले ध्यान नदिएको कारणले खेलाडीहरुको लागि भने जस्तो गर्न नसकिएको अध्यक्ष शाहीको भनाइ छ।



