दैलेख । नेकपा एमाले दैलेखको अध्यक्षका लागि नन्दकिशोर बस्नेत (एनके) ले उम्मेदवारी दिने घोषणा गरेका छन् । बस्नेतले मंगलबार पत्रकार संग कुरा गर्दै एमाले दैलेखको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन । पुस २३ गते हुने जिल्ला अधिवेशनबाट दैलेखमा नयाँ नेतृत्व चयन हुँदैछ ।
नेकपा एमालेलाई बलियो र सशक्त बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बस्नेतले बताए । दैलेखका जनताले फरक नेतृत्व चाहेका र त्यो नेतृत्वका लागि आफू सक्षम रहेको ,पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै दैलेखमा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बस्नेतले पश्चिम नेपाललाई बताए ।
औद्याेगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत रहेका बस्नेतले उद्योगका माध्यमबाट देशलाई समृद्ध बनाउन आफूले काम गरिरहेको बताए । सो कामलाई अझ तीब्र गतिमा अगाडि बढाउन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । एमाले अध्यक्ष केपी ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न आफूले नेतृत्वमै बसेर काम गर्न चाहेको समेत बस्नेतले बताए ।
यसअघि पनि बस्नेतले लिमिडेको अध्यक्ष तथा महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन् । केपी ओली नेतृत्वको सरकारमा हुँदा बस्नेतले नेपालमा ठूला ठूला उद्योगको शिलान्यासको काम अगाडि बढाएका थिए ।