☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
ब्यवस्था बदल्न जनमत संग्रह हुनुपर्छ ः प्रकाण्ड
  |

 

दैलेख  पुस २२ – नेपाल कम्यूष्ट पार्टी (विप्लव) का सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले अहिले चल्दैआएको राज्य ब्यवस्था बदल्न जनमत संग्रह हुनुपर्ने बताएका छन् । उनले विहिवार दैलेख सदरमुकाममा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रकाण्डले अहिलेको राज्य सत्ता सञ्चालनको ब्यवस्थाले सिहंदरवारदेखी गाउँसम्म दलाल नै दलालको झुन्ड भएकाले भष्ट्रचार झनझन मौलाएको भन्दै ब्यवस्था बदल्नका लागि जनमत संग्रहमा जानुपर्ने मुख्य एजेण्डा आफ्नो पार्टीको भएकोले सरकारले गर्ने चुनावको विरोध गर्ने बताएका हुन् ।

सरकारले गर्ने स्थानीयदेखी देखी संसदिय चुनावको विपक्षमा भएका हुँदा डटेर सामाना गर्ने बताएका छन् । देशको स्वाधिनता अप्ठयारोमा परेको भन्दै प्रवक्ता प्रकान्डले एमसिसि कुनै पनि हालतमा नेपालमा लागु नहुने बताए । लागु भए, त्यसको जुनसुकै मुल्य चुकाएर भएपनि सामाना गर्ने उद्घोष गरे । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दैलेख आएका प्रकाण्डले देशमा अहिले भएको ब्यवस्था बदल्न जनमत संग्रहको विकल्प नभएको बताए । आफुहरुले सरकारसंग गरेको ३ बुँदें सहमति कार्यान्वयन नभएको भन्दै ओली र देउवा सरकारले शान्ति भाँड्न खोजेको आरोप लगाए । अहिले देशका विभिन्न कारागारमा १ सय १५ भन्दा बढी आफ्ना कार्यकतालाई विभिन्न आरोप लगाएर मुद्दा चलाएको र सहमति कार्यान्वय नगरेर देशमा स्थिति जटिलता तर्फ लैजान खोजेको समेत बताए । सहमती कार्यान्वयन नभएर देश जटिल मोडमा गए त्यसको जिम्मेवार सरकार हुने प्रकाण्डको भनाई थियो।




प्रकाशित मितिः बिहिबार, पुस २२, २०७८     4:40:53 PM