☰ open Loading... 5 November 2025|  

कुखुरा पालनबाट मनग्य आम्दानी
  | २४ पुष २०७८, शनिबार ०५:२०

सल्यान । बनगाड कुपिण्डे नगरपालिका–९ स्थित सेराका कृष्ण बहादुर बुढाथोकीले विदेशमा राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक कुखुरा पालन तर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ  भन्ने भावनाका साथ उनले कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

तीन लाख लगानीबाट व्यवसाय सुरु गरेका बुढाथोकीले अहिले सबै खर्च कटाएर मासिक ३० देखि ३५ हजारसम्म आम्दानी गर्दै आइरहेका छन् । ब्रोइलर र लेर्यस जातका कुखुरा पालन गर्दै आइरहेका उनले विदेशको बराबर आफ्नै घरमा आम्दानी हुन थालेपछि परिवार नै फुरुङ्ग भएको बताए । ‘उनले भने अहिले म सँग ब्रोइलर र लेयर्स गरी ४ सय कुखुरा रहेका छन् । विदेशको भूमिका अर्काको काम गर्नु भन्दा आफ्नै गाउँघरमा सानो व्यवसायबाट पनि पारिवारिक खुसी मिल्दो रहेछ ।’
प्रकाश पशुपक्षी फर्म सञ्चालन गर्दै आइरहेका बुढाथोकीले बजारको सुनिश्चितता र उचित मूल्य भएमा व्यवसायमा लगानी बढाउने सोच रहेको बताए । उनले भने परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ ।

विदेश जाँदा लाग्ने लगानी स्वदेशमै राम्रो काममा लगाउन सके पैसाकै लागि बिदेसिनु नपर्ने उनको तर्फ रहेको छ । विदेश गएर राम्रो काम र आम्दानी हुन्छ नै भन्ने ग्यारेन्टी नहुने बताउँदै उनले स्वदेशमै सानो कामबाट व्यवसाय सुरु गरे आम्दानी लिन सकिने बताए । वर्षमा तीन देखि चार लटसम्म कुखुरा बिक्री गर्न सकिने भएकाले कुखुरा पालनमा आकर्षित भएको बताए ।

गाउँमा व्यवसाय गर्दा केही चुनौती हुने उनको भनाई छ । कुखुरामा देखिने विभिन्न रोग, प्राविधिक र औषधिको अभावमा समस्या झेल्नु पर्ने भने अवस्था रहेको उनको भनाई छ । किसानलाई प्रोत्साहन गर्न र व्यवसाय सञ्चालन गर्न सरकारले विभिन्न अनुदानका योजना ल्याए पनि वास्तविक किसानसम्म पुग्न नसकेको उनको गुनासो छ