☰ open Loading... 6 November 2025|  

जाजरकोटमा कस्तुरीको बिनासहित एक जना पक्राउ
  | ३ माघ २०७८, सोमबार ०७:३२

जाजरकोट । जाजरकोटमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन् ।जिल्लाको नलगाड नगरपालिका १० ध्यारगाउँका ४५ वर्षीय डिल्लीबहादुर ध्यार पक्राउ परेका हुन् ।


बहुमूल्य वन्यजन्तु कस्तुरीको विना साथमा लिएर हिँडिरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक अर्जुन सिंह साउदको प्रहरी टोलीले नलगाड ११ चौखा बजारबाट ध्यारलाई बिनासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

३० ग्राम तौल भएको बिनासहित ध्यारलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय जाजरकोट पठाइएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए।