☰ open Loading... 19 April 2024|  

२४ दिनदेखि हराइरहेका व्यक्तिको शव फेला
  | २५ पुष २०७८, आईतवार १९:५७

 

दैलेख । दैलेखमा एक युवाको शव फेला परेको छ ।गत मंसिर १४ गतेबाट हराएका दुल्लु नगरपालिका–७ का उपेन्द्रमान श्रेष्ठको शव फेला परेको हो । गत मंसिर १४ गतेबाट दुल्लुबाट सुर्खेत हिडको ३६ वर्षीय श्रेष्ठको शव तल्लोडुंगेश्वर सियाकोट सडक खण्डको गुराँस गाउँपालिका–२ जकत्रे खोलामा सडकबाट अन्दाजी दुईसय मिटर तल शव फेला परेको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरी र आफन्तले खोजविन गर्ने क्रममा आज विहान उनको शब फेला परेको दैलेख प्रहरी प्रमुख भुवेश्वर साहले बताए । श्रेष्ठको शव नजिकै कर्णाली प्रदेश ०२ प ६६५८ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेख ल्याएको प्रहरी प्रमुख साहले बताए ।