| २७ पुष २०७८, मंगलवार ०५:२२
नेपालगञ्ज नाकामा गरिएको परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको छ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार नाकामा हालसम्म ५ सय ९२ जनामा कोभिड संक्रमण देखिएको छ । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ ।
नेपालगञ्जको जमुनाहा नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन् । उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाइने वलीले बताए ।