| २७ पुष २०७८, मंगलवार ०८:५४
दैलेख । लामो समयदेखी कोरोना संक्रमणदर शुन्य रहेको दैलेखमा फेरी पनि संक्रमण देखीन थालेको छ । फेरी पनि कोरोना संक्रमण देखिन थालेपछि नागरीकलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।सोमबार दैलेखमा २ जनामा कोरोना भाईरसको सक्रमण पुष्टी भएको स्वाथ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।
यस्तै निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार भारतबाट फर्किएका दैलेखका ४ जनालाई पनि नेपालगंजमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।