☰ open Loading... 17 November 2024|  

बालविवाह न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न
  | १ माघ २०७८, शनिबार ०६:३५

दैलेख -दैलेखको दुल्लु नगरपालिकामा सामाजिक विकास कार्यालय दैलेखद्वारा विद्यालयमा अध्यनरत विद्यार्थी ,युवा युवतिलाई अभिमुखिकरण तालिम दिएको छ। सामाजिक विकास कार्यालय दैलेखले आयोजनामा गरिएको कार्यक्रममा बालबिवाह , बालदुब्यवहार छाउपडी प्रथा,महिला हिंसा न्यूनीकरण, हिंसा, शोषण, दुव्र्यवहार सम्बन्धी एक दिने अभिमुखिकरण तालिम विद्यार्थी,युवायुवतीलाई  दिएको हो।

Open photo

जिल्लामा पछिल्यो समयमा बालबालिका छाउपडी प्रथा,बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित छन् । लाखौं बालबालिका जोखिममा छन् ।सबै बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार ल्याउन कार्याक्रम गरिएको सामाजिक बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख भिम पोखरेलले बताए।

यस्तै बालबिवाह,छाउपडी प्रथाको अन्यका लागि पुरुष भन्दा महिलाहरू बढी सक्रिय हुनुपर्ने दुल्लु नगरपालिकाकी उपप्रमुख बिष्णु थापाले बताइन् ।जिल्ला भरीचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन हुन्छन्’ जिल्ला व्यापी रूपमा सञ्चालन भएको अभियानलाई सफल पार्न आफू जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत उप प्रमुख थापाले बताइन् ।