☰ open Loading... 17 November 2024|  

उपचार नपाउँदा सुत्केरीको ज्यान गयो
  | २ माघ २०७८, आईतवार ०५:२९

हुम्लामा सुत्केरी भइसकेपछि एक महिलाको ज्यान गएको छ। अदानचुली गाउँपालिका –५ मा शिशुको जन्म दिइसकेपछि सुत्केरीको ज्यान गएको हो।

३५ वर्षिया गौउगरा छत्यालको सुत्केरी हुने क्रममा बिहीबार मृत्यु भएको हो। केही दिनदेखि सुत्केरी ब्यथाले च्यापे पनि प्रसुति नहुँदा घरमै मृत्यु भएको स्थानीयले बताए। स्थानीय गाउँमा प्रसुति गृह तथा स्वास्थ्य चौकी नभएपछि घरमै शिशुलाई जन्म दिए लगत्तै सुत्केरीको ज्यान गएको हो। शिशुको अवस्था अहिले सामान्य रहेको छ। समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गएको हो।

सुत्केरीको मृत्यु भएको अदानचुली गाउँपालिका –५ का वडाअध्यक्ष महाविर छत्यालले बताए। जिल्ला अस्पताल हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले आफू बाहिर भएकाले सुत्केरीको मृत्यु भएको खबर थाहा नभएको बताए।