यामराज बिष्ट
दैलेख– एभरेष्ट क्लब दैलेखको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। एभेष्ट क्लब दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा सन् २०२१ मा सम्पन्न भएको कार्यक्रम र २०२२ मा संचालन गरिने कार्यक्रमको जानकारी गराएको हो। एभरेष्ट क्लब दैलेखद्धारा आयोजनामा संचालित सेभ द चिल्डेन संगको साझेदारीमा २०२२ मा सञ्चालन गर्न लागेको पावर परियोजना कार्यक्रमबारे आज दैलेख सदरमुकाममा परिचयात्मक कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक भुपाल सिंह बोहोराले बताए ।पाँच बर्षका लागी संञ्चालन भएको परियोजनामा सन २०२२ मा जम्मा योजना बजेट एक करोड एकसट्ठी लाख रहेको परियोजना संयोजक बोहोराले बताए ।
परियोजनाबाट एभरेष्ट क्लब दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकाकाआठ वटा माध्यमिक विद्यालयहरुमा गरिब तथा अपाङ्गता भएका बालवालिकाहरुलाई अध्ययन सहयोगको लागी छात्रवृत्ती सहयोग, विपन्न घरपरिवारका युवायुवतिहरुलाई सिपमुलक तथा व्यवसायीक तालीम जस्ता क्रियाकलापहरु संचालन गरिरहेको संयोजक बोहराले जानकारी दिए । समग्र परियोजनाले शिक्षा क्षेत्रमा ८९ प्रतिशत ,यौन तथा प्रजनल स्वास्थ्यमा ४ प्रतिशत र सरसफाईमा क्षेत्रमा ७ प्रतिशत काम गर्ने गरी योजना गरिएको बताए । उक्त परियोजनाको परिचयात्मक कार्यक्रममा नारायण नगरपालिका दैलेखकी उप प्रमुख, साबित्री मल्ल ,परियोजना सञ्चालन हुने वडाका वडाध्यक्षहरु, विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु, पत्रकार लगाएत नगरपालिका स्थित विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
रेडक्रस माध्यमिक विद्यालय नारायण नगरपालिका वडा न. ६ भुर्तिका व्यवथापन समितिका अध्यक्ष जनक न्यौपानेले शिक्षा क्षेत्रमा परियोजनाले बढि फोकस गरे शिक्षा क्षेत्रमा सुधार हुने बताए ।कार्यक्रममा एभेष्ट क्लब दैलेखकी उपाध्यक्ष हेमा अधिकारीको सबैको सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताईन् । उपाध्यक्ष अधिकारीले हामीले काम गर्दै जादा सुधार गर्नुपर्ने पक्ष धेरै हुन सक्छन् तपाईको सुझाब सल्लाह अनुसार आउदा दिनमा अगाडी बढ्ने बताईन।यस्तै नारायण नगरपालिका दैलेखका मेयर खड्काले साना र छोटा योजना भन्दा दिगो योजना सहितको ठोस कार्यक्रम गर्दा बालबालिकालाई केन्दमा राखेर काम गर्दा समुदाय स्तरमा विकास र गरिबी निवारणका क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको भन्दै संस्थाले कागजमा काम गरेर फिल्ड स्तरमा नतिजा देखिनु पर्नेमा जोड दिए । मेयर खड्काले सिपमुलक तालिमममा बढी जोड् दिनुपर्ने बताए । परियोजना ले नारायण र दुल्लु नगरपालीकामा सन २०२६ सम्म काम गर्नेछ ।क्लबले किशोरकिशोरी तथा वालवालिकाको क्षेत्रमा बढिभन्दा बढि काम गर्ने र विभिन्न विद्यालयहरु लगाएत सबैसँग हातेमालो गर्ने समेत सिनियर फिल्ड अपिसर बाबुराम आचार्यले बताए ।