दैलेख- त्रिवेणी संगम मावि डुवेश्वर गाँउपालिका १ मा अध्यनरत विद्यार्थी ,स्थानिय युवा युवतिलाई अभिमुखिकरण तालिम दिएको छ। सामाजिक विकास कार्यालय दैलेख रजिल्ला प्रहरी कार्यालय दैलेखकोआयोजनामा गरिएको कार्यक्रममा बालबिवाह , बालदुब्यवहार छाउपडी प्रथा,महिला हिंसा न्यूनीकरण, हिंसा, शोषण, दुव्र्यवहार सम्बन्धी एक दिने अभिमुखिकरण तालिम विद्यार्थी,स्थानिय युवायुवतीलाई दिएको हो।
जिल्लामा पछिल्यो समयमा बालबालिका छाउपडी प्रथा,बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित छन् । लाखौं बालबालिका जोखिममा छन् ।सबै बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार ल्याउन कार्याक्रम गरिएको सामाजिक बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख भिम पोखरेलले बताए।
विद्यालयमा अध्यायनरत बालबालिकाहरुले नै बालविवाह गर्ने गरेको भन्दै यो कार्याक्रमले बालविवाह कम गर्न विद्यार्थीलाई नै सचेत बनाउने दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले बताए।जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न सचेतनामुलक अभियानले बालबिबाह रोक्नमा महत्वपुर्ण भुमिका खेल्ने प्रहरी प्रमुख साहले बताए ।
यस्तै बालबिवाह,छाउपडी प्रथाको अन्यका लागि सबै जना सक्रिय हुनुपर्ने जिल्ला प्रसासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले बताए।जिल्ला भरीचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्’।जिल्ला व्यापी रूपमा सञ्चालन भएको अभियानलाई सफल पार्न आफू जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत बताए । चेतना अभावका कारण उमेरै नपुगी बिवाह गर्ने कुप्रथाले जरा गाडेको छ। बालबिवाहका कारण महिलाहरु नै बढी पीडित भएका छन्, त्यसैले यो अभियानमा किशोरी र महिलाको सहभागीता सक्रिय हुनु आवश्यक सहायक प्रमुख जिल्ला अधिकारी कोइराला बताए ।जिल्ला प्रहरी कार्यालय,दैलेखले यस अघि देखि नै विद्यालय तथा सार्वजनिक ठाउहरुमा पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाइ रहेको छ ।