☰ open Loading... 15 November 2024|  

कोरोना परीक्षण शुल्क घट्यो
  | ६ माघ २०७८, बिहीबार ०५:१६

 

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिए ।यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।