| ६ माघ २०७८, बिहीबार ०५:४५
दैलेख – कोरोना संक्रमणको लहर फेरी बढेपछि दैलेखमा ‘तपाईको मास्क खोई’ अभियान सुरु गरिएको छ । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले यो अभियान थालिएको हो । सामुदायिक प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका–१ स्थित दैलेख सदरमुकामको बजार क्षेत्रमा ३ हजार मास्क वितरण गरिएको दैलेख प्रहरी प्रमुख (डीएसपी )भुवनेश्वर प्रसाद साहले बताए ।
उनले मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको बताए । साहले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए ।अहिले जिल्लामा ३५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।