☰ open Loading... 11 January 2025|  

गफ र उखानले देश बन्ने भए किन सरकार चाहियो?
  | ६ माघ २०७८, बिहीबार ०६:०३

 

 

          धर्म सिंह

गफ र उखानले देश बन्ने भए किन सरकार चाहियो? पार्टीको झोले हैन देशभक्त जनता बनौं।नेपाल लाई भ्रष्टाचार मुक्त बनाउन सबैले पहल गरौँ।देशमा बेथिति र भ्रष्टाचार मौलाएको छ,महङ्गी र कालोबजारीले जनता आक्रान्त छन् ।दिनप्रतिदिन हत्याहिंसा भइरहेको छ।भ्रष्ट नेता होस् अथवा जोसुकै मान्छे होस् बहिस्कार गरौँ र कुलमान घिसिङ जस्ता राम्रा सक्षम मान्छेहरू लाई राखौं।यहाँ भ्रष्टाचार,घुस र कमिसनले गर्दा देश झन झन बिग्रीदै गएको छ।

पार्टीका नेताहरूले चुनाव आउँदा मिठा सपना देखाएर जनताहरु लाई उल्लु बनाएर कुर्सी र पदको लागि भ्रष्टाचार गरेर अनि कमिसन मा रमाएर अर्बौं खर्बौ कमाएर सहिदको बलिदान बिर्सेर आफ्नो स्वार्थपुर्तिको लागि नेपाली आमाको अस्तित्वमा खेल्न महाकाली सन्धि ,ललिता निवास काण्ड ,Ncell काण्ड ,वाइडबडी काण्ड ,३३ किलो सुन काण्डमा सुन गायब,खोप मा भ्रष्टाचार,सेक्युरिटी प्रेसमा ७० करोड घोटाला ,बालुवाटार मा जग्गा किर्ते ,चुरेका ढुङ्गा गिटी चैट,नारायणहिटि दरबार बिक्री गर्ने देश र जनताको रगत पैसा चुस्ने जुकालाइ राम्रोसँग छानबिन गरेर मृत्युदण्ड दिऔ।बियर मासु भुटनमा बिक्ने नेताहरू का कार्यकर्ताहरु कहिले सुध्रिन्छौ ह?नेताहरू का चुनावी हावा गफले कहाँ बिकास हुन्छ?यहाँ मैले देखेको के छ भने कोहि भ्रष्टाचारको विरुद्ध आवाज उठाइरहेका छन् कोहि हत्याहिंसा गर्ने अपराधीको लागि गाउँ -गाउँ र ठाउँ- ठाउँमा आवाज उठाइरहेका छन् भने कोहि तिनै भ्रष्ट,हत्यारा,अपराधीको जयजयकार गर्दै देश लुकाउदै छन् र तिनै कमिसनमा रमाइरहेका छन् ।

हेर्नुस् जब सम्म कुनै पनि निकायमा हुने गरेका भ्रष्टाचार,घुस र कमिसनको विरुद्ध सम्पुर्ण जनता एकजुट भएर आवाज उठाएर कारबाही गर्न सक्नुहुन्न तब सम्म यिनिहरुले हामी सबै नेपाली जनताहरुलाई हेपिरहेका हुन्छन् ।जनता र देश लुट्ने अनि हत्यारा छुट्ने निर्दोष फस्ने व्यवस्थाको अन्त्य होस् र सहि लाई सहि र गलत लाई गलत भनौं।सुन्दर नेपाल बनाउने अब हामी सबै नेपालीको दिन हो।