☰ open Loading... 17 November 2024|  

कोरोनाको जोखिम बढेपछि मुख्यमन्त्री शाहीले गरे तपाईंको मास्क खै’ अभियानको शुभारम्भ
  | ८ माघ २०७८, शनिबार १७:४५

सुर्खेत, माघ८ । सुर्खेतमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान शुभारम्भ गरिएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईंको मास्क खै’ अभियानको शुभारम्भ कणरली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नु भएको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको तेस्रो लहरबाट बच्न कणरलीबासी सबैले माक्स लगाई सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि आ(आफ्नो ठाउमा कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको बिरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले बताए । यो अभियानको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र बिरेन्द्रनगर नगरपालिकाकाको समन्वयमा संचालन भएको हो ।

अभियान अन्र्तगत शुरूको दिन माक्स नलगाई हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने सुबेदीले बताए । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको उनले बताए ।
‘तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले, मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गर्नु भएको छ । । माक्स खै अभियानमा जिल्लास्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकायसंगै सरोकारवालाहरूको उपस्थितीमा सचेतनामुलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो । विश्वभर कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै कणरली प्रदेशमा सतर्कता अपनाउन थालिएको छ ।