☰ open Loading... 17 November 2024|  

दैलेख प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
  | ८ माघ २०७८, शनिबार २०:२२

 

यामराज बिष्ट दैलेख -जिल्ला प्रहरी कार्यालय दैलेखको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम अपराध नियन्त्रण गर्नका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले नागरिकहरू पनि यस विषयमा सजग र चनाखो हुनुपर्नेमा जोड दिए । जनताको सुरक्षाकालागि आफुहरू अहोरात्र खटिरहेको र खटिरहने समेत प्रहरी प्रमुख साहले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय रविन्द्रराज शर्माले समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो विषयमा आमनागरिक पनि त्यत्तिकै सजग रहनुपर्ने बताए ।समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध जरूरी रहेको उनले बताए ।

May be an image of 11 people, people standing, tree and outdoors

 

जिल्ला प्रहरीको तथ्याङ्कअनुसार २०७८ साउन देखि पुस मसान्त सम्म ९१ वटा मुद्दा दर्ता भएका छन् । लागूऔषध- २ सवारी ज्यान-६ कर्तब्य ज्यान ३ ज्यान मार्ने उधोग -३,जबरजस्ती करणी- ८ ,जबर जबरजस्ती करणी उधोग-३ ,झुण्डीएर आत्महत्या-१८ बिष सेवन गरी आत्म हत्या-४ ,बहुविवाह- ८,बालबिवाह- ३ लागुऔषध- २सार्वजनिक हित नैतिकता बिरुद्द कसुर (अभद्र ब्यवहार) -१४सवारी ज्यान- ६सवारीबाट भवितब्य ज्यान- २बालयौन दुरुपयोग -१चोरी -१हातहतियार खरखाजाना सम्बन्धी- २मानव बेचविखन तथा ओसारपसार -१ आत्महत्या गर्न दुरुत्साहन गरेको (झुण्डी आत्महत्या)- १, खोलाले बगाई मृत्यु भिरबाट लडि मृत्य( भबितब्य ज्यान )-८ मृत अवस्थामा फेला (फुटकर ज्यान)- ३ गरी  ९१ मुद्दा दर्ता भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी १४४ उजुरी परेको छ।नागरिकता कागज पत्र हराएको सिफारिस सम्बन्धी १७० जनाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ ।ठाडो उजुरी १४९ परेको छ ।अबैध रुपमा बालुवा गिटी उत्खनन गरि लग्ने १३ टयाक्टर र१३ चालकलाई सम्बन्धी निकायामा कारबाहिको लागि बुझाएको छ। अबैध रुपमा काठ ओसारपसार गर्ने २टयाक्टर २चालक बन कार्यालयमा बुझाएको र जलचर ऐन बिपरित कार्यमा संलग्र ७ सम्बन्धी निकायमा बुझाएको छ ।लागु औषधमा संलग्र५ जना चोरी गर्दागदै पसल भित्रबाट२जना प्रकाउ लगायत अन्य मुद्धा अपराध संग्रल ७८ अभियुक्त प्रकाउ गरि सम्बन्धी क्षेत्रमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले१७,९१,५०० राजस्व संङ्कलन गरेको छ।ट्राफिक प्रहरीले १२२० सवारी चेकिङ गरेको छ भने २१४३ सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा कडिकडाउ गरेपछि सो रकम उठेको हो।कार्यक्रममा २५ जना सम्बन्धी क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, होटेल व्यवसायी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

दैलेखका बिभिन्न ठाँउमा जनचेताना सम्बन्धी कार्यक्रम

दैलेख प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दैलेखका बिभिन्न ठाँउमा जनचेताना सम्बन्धी कार्यक्रम गरेको छ।जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले दैलेखका ४२४भन्दा बढी ठाँउमा जनचेताना सम्बन्धी कार्यक्रम गरिसकेको दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले बताए ।जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रहरीले दैलेख सदरमुकाममा अटो भडादर समेत निर्धारित सम्बन्धी १३  ठाँउमा बोर्डहरु राख्ने कार्य गरिसकेको छ।

प्रहरीले कोरोना संक्रमणको लहर फेरी बढेपछि दैलेखमा ‘तपाईको मास्क खोई’ अभियान सुरु गरिएको छ ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका–१ स्थित दैलेख सदरमुकामको बजार क्षेत्रमा ३ हजार मास्क वितरण गरिएको छ।कोरोना संक्रमणको लहर फेरी बढेपछि मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको छ ।