☰ open Loading... 19 November 2024|  

प्रशासनमै कोरोना बिरुद्धको खोप
  | ११ माघ २०७८, मंगलवार १८:०९

 


यामराज बिष्ट
दैलेख- जिल्ला प्रशासन कार्यालय दैलेखमा आउने सेवा ग्राहीलाई कोरोना बिरुद्धको खोप दिएको छ । प्रशासनका अनुसार माघ११ गते सम्म इलाका प्रशासन कार्यालय दुल्लृमा १७५ जना जिल्ला प्रशासन कार्यालय दैलेखमा १७सय ७१जनाले कोरोना बिरुद्धका खोप लगाएका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा जोन्सन एन्ड जोन्सनकोे खोप लगाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार १८ वर्ष उमेरदेखि माथिका नागरिक, छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई खोप लगाइने जानकारी दिए । ।

जिल्लामा पछिल्लो समयमा ३२ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले बताए ।खोप लगाउन छुटेका व्यक्तिहरूले जिल्ला प्रशासन कार्यालय दैलेख, नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा कार्यालय दैलेखमा समेत खोप लगाउन सकिने निमित्त प्रमुख रेग्मीले बताए।
यस्तै सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोरोना विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने, आफुले लगाएको खोपको कार्डको मोबाइलमा खिचिएको फोटो भएपनि मान्य हुने प्रशासनले जनाएको छ ।