☰ open Loading... 19 May 2024|  

नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल हुँदैन – डिएसपी साह
  | २५ माघ २०७८, मंगलवार ०५:४६

 

दैलेख- दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् ।डिएसपी साह भने जिल्ला भरी प्रहरी समुदाय साझेदारी कार्याक्रम अन्तर्गत समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला भरी सचेताना कार्यक्रम संचालन गरेका छौ,सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ ।

प्रहरी प्रमुख  साहले नागरिकको सुरक्षाको लागी अहोरात्र खटिएकोे प्रहरीले नागरिक सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन । दैलेखको डुवेश्वर गाँउपालिका वडानं २ मा  आयोजना गरिएको समुदाय साझेदारी कार्यक्रम शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीकोे महत्वपुर्ण भमिका हुने बताएका छन। बोल्नको लागी सक्ति चाहिदैन तपाई संग आट हुनुपर्छ ,समाजमा हुने अपराध अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने डीएसपी साहले बताए।

यस्तै नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघ सस्था र सबैको समन्वयात्मक भूमिकाबाट समाजमा व्याप्त विकृतिहरुलाई निराकरण गर्न सबै नागरिक सचेत हुनुपर्ने डुवेश्वर गाँउपालिका २वडा अध्यक्ष राजु कुमार खत्रिले बताए । हामी जनप्रतिनिधि , पनि बिना बर्दीका प्रहरीु भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने भएकाले जनतााको सुरक्षा अवोरात्र खटिरहने बताए ।जिल्लामा अपराध प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न सचेतनामुलक अभियानले रोक्नमा महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष खत्रिले बताए ।उनले शान्ति सुरक्षा कायम गर्न तपाई हामी सबैको महत्वपुर्ण भुमिका हुने बताए ।