☰ open Loading... 21 May 2024|  

सिमकोटकाे हवाई सेवा पाँच दिनमा सञ्चालन
  | २६ माघ २०७८, बुधबार ०५:५२

हुम्ला : हुम्लाकाे हवाई सेवा पाँचौं दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हाे ।

 

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ पन्छाएपछि हवाईजहाज सञ्चालनमा आएको हो ।

 

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ ।