| २९ माघ २०७८, शनिबार १९:१२
हुम्ला — हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः शनिबारदेखि नियमित भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो ।
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ ।हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो ।