☰ open Loading... 5 February 2025|  

सरकारी रकम लिएर बनाएको संरचना भत्काएको भन्दै डिभिजन वन कार्यालयको आपत्ती
  | २९ माघ २०७८, शनिबार २१:०२

दिनेशस्मृति पार्क निर्माणमा सरकारी रकम अनुदान लिएर बनाएको संरचना मनोमानी रुपमा भत्काएर समान लिएको प्रति डिभिजन वन कार्यालय सुर्खेतले आपत्ती जनाएको छ। घण्टाघर पार्क नजिकैको दिनेश स्मृति पार्कमा बनेको संरचना प्रतिष्ठानका अध्यक्ष मानदत्त न्यौपानेले आफुखुशी भत्काएर लगेको भन्दै काम रोक्न डिभिजन वन कार्यालयले प्रहरीलाई आग्रह गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र लेख्दै संरचना भत्काउने र लैजाने कामलाई बन्द गर्न आग्रह गर्नुभएको छ। तर प्रहरीलाई लिखित रुपमा पत्र पठाउदाँ समेत संरचना भत्काई ढुंगा, ईट्टा, बालुवा लिने क्रम नरोकिएको स्थानियको भनाई छ। डिभिजन वन कार्यालले १२३६ चलानी नम्बरको पत्र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पठाउदाँ समेत प्रहरीले संरचना भत्काउने र रोक्ने काम बन्द नगरकेको स्थानियले बताएका छन। डिभिजन वन कार्यालय सुर्खेतले भने, प्राविधिक मूल्यांकन भै रकम भुक्तानी भैसकेपछि आफुखुशी संरचना भत्काउन नमिल्ने जनाएको छ। सरकारी निकायबाट रकम लिई प्राविधिक मुल्यांकन भै फछ्र्यौट भएका सम्पत्ति आफुखुशी गर्न नमिल्ने कार्यालयको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने पत्र प्राप्त हुन साथ काम रोक रोकिएको दावी गरेको छ।

डिभिजन वन कार्यालय सुर्खेतबाट पत्र प्राप्त हुन साथ अहिने त्यसक्षेत्रबाट कुनै पनि सामाग्री लिने तथा उत्खनन गर्ने काम नभएको डिएसपि रामप्रसाद घर्तीले जाकनारी दिनुभयो। पाइलट दिनेश न्यौपानेको सम्झनामा सुर्खेतको घण्टाघर पार्क नजिकै ‘दिनेश स्मृति पार्क’ निर्माण गर्न लागिएको थियो। आर्थिक वर्ष २०७६÷०७७ मा पार्क निर्माणका लागि डिभिजन वन कार्यालय सुर्खेतले अनुदान रकम उपलब्ध गराएको थियो। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा जग्गा प्राप्तीको अधिकारको प्रक्रिया नपुर्याई पार्क निर्माण गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि निर्माण कार्य रोकिएको थियो।