| ३ फाल्गुन २०७८, मंगलवार ०५:२९
वीरेन्द्रनगर : सुर्खेतको भेरिगंगा नगरपालिकाका १९ जना महिला उद्यमीलाई मेसिनरी औजारहरु सहयोग गरिएको छ । पालिकाको् उद्योग विकास शाखाले १९ जना महिलाहरुलाई विभिन्न मेसिनरी औजारहरु सहयोग गरेको हो ।
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिका–६,७, ८ र १२ का महिलाहरुलाई ट्रयाक्टर सिलाई कटाई मेसिन तथा बुटिक तान सहयोग गरिएको छ ।
महिलाहरुलाई सिप प्रदान गरी आर्यआर्जनमा वृद्धी गराउनका लागी प्रविधिक औजारहरु वितरण गरिएको भेरीगंगा उद्योग विकास शाखाले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, प्रमुख प्रशाशकिय अधिकृत मानबहादुर ठाडा तथा सम्वन्धित वडाका जनप्रतिनिधि तथा उद्योग वाणीज्य संघ र उद्योग विकास शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।