दैलेख –अवैध चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले २१ किलो चाँदीका गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ । सुराकीले दिएको सुचनाको आधारमा सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा रोकेर चेकजाच गर्ने क्रममा २१ किलो चाँदीका गरगहना करिब५५ लाख ४० हजार एक सय ३९ रुपैया बराबरको सामाग्री बरामद गरिएको दैलेख प्रहरी प्रहरी प्रमुख भुवेनेश्वर प्रसाद साहले जानकारी दिए।
प्रहरी प्रमुख साहका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बर प्रसाद ढुंगाना र बिरेन्द्रनगर नगरपालिका–४ एरिचोक सुर्खेत बस्ने २६ बर्षीय दिपक पाण्डे पक्राउ परेका छन् ।
यस्तै गाडी ल्याईएको अन्दाजी २४ लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको २१.७२५ किलोग्राम चाँदीका गहनाहरु पोते, पत्थरहरु र गहना राख्न प्रयोग हुने डिम्बाहरु अन्दाजी एक लाख ६३ हजार ४ सय ८९ रुपैयाँ मुल्य बराबरको सामग्री बरामद गरिएको प्रहरी प्रमुख साहले बताए ।
प्रहरी प्रमुख साहका अनुसार २९ लाख मुल्य बराबरको भे १ ज ३२१३ नम्बरको डवल क्याप बोलेरो गाडी समेत नियन्त्रणमा लिईएको छ भने बरामद गरिएका चाँदीका गरगहना लगाएतका सामग्री सहित गाडीलाई आवश्वक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।