☰ open Loading... 29 November 2024|  

नेपाल बन्दको प्रभाव ः बाँकेको बैजनाथमा सरकारी गाडीमा तोडफोड
  | ४ फाल्गुन २०७८, बुधबार १२:४८

गणेश रावत,
कोहलपुर ः नेपाल बन्दको प्रभाव कोहलपरमा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको बैजनाथमा आज बिहान एउटा सरकारी गाडीमा बन्दकर्ताले तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको स्कारपियो गाडीलाई बन्दकर्ताले तोडफोड गरेका हुन् । बैजनाथको वनकटुवा चोकमा लुकेर बसेका बन्दकर्ताले पूर्वबाट पश्चिम गइरहेको मन्त्रालयको सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको गाडीमा तोडफोड गरेका थिए । तोडफोडबाट गाडीमा सामान्य क्षती पुगेको छ ।

 

गाडीमा सवारहरुलाई भने कुनै चोट नलागेको स्थानीय प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् । बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।