☰ open Loading... 5 February 2025|  

अपाङ्गता भएका व्यक्तिहरुको समस्याको समाधान गर्ने -डिएसपी साह
  | ८ फाल्गुन २०७८, आईतवार ०७:३९

 

यामराज बिष्ट
दैलेख– अपाङ्गता भएका व्यक्तिहरुको समस्याको समाधान गर्न प्रहरी जहिले पनि निरन्तर लागी पर्ने दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले बताए ।जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका -११ बिन्ध्याबासिनीमा आयोजना गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत कोभिड १९ महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत संवेदनशील वर्ग र समूदाय बढी मारमा परेको भन्दै समस्याको समाधानमा सम्बन्धीत निकायले विशेष ध्यान दिन उनले जोड दिए । उनले भने झुटा कार्ड,अपमान गर्नु हुर्दैन, अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौति गर्नु हुदैन यदि त्यस्तो पाएमा कानुन बमोजिम कारर्वाही हुने बताए ।
प्रहरी प्रमुख साहले भने सरकारी अस्पतालमा भर्ना भएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपचार गर्ने व्यवस्था सरकाले मिलाउनु पर्ने बताए ।तर कुन रोगको लागि कति उपचार खर्च पाउने , उपचार सहयोग लिने प्रक्रियाको बारेमा ऐनमा व्यवस्था नहुदा सेवा लिन कठिनाइ भएको उनको भनाई छ ।

 

यस्तै कार्यक्रममा नारायण नगरपालिका ११का वडाअध्यक्ष टकं बहादुर बिष्टले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा स्थानिय सरकारले विशेष ध्यान दिएको बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर आफ्नो वडाले काम गरिरहेको उनले बताए। वडा अध्यक्ष विष्ट भने अपाङ्गता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न स्थानिय सरकारले राष्ट्रिय अपाङ्गता महासंघ नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थासँग सहकार्य गरी काम गरिरहेको बताए। उनले भने सामाजिक सुरक्षा रकम लगायत अन्य कामको लागी जिल्लामा जानु पर्ने बाध्यता भएकाले खर्च बढी हुने भएकाले वडामै संघ संस्थाले सेवासुविधा बुझाएकोे भए अपाङ्गता भएका व्यक्तिहरु, बृद्धबृद्धालाई केही राहत मिल्ने गुनासो गरे ।