☰ open Loading... 30 November 2024|  

चुनौतीको सामना गर्दै राजनीतिमा होमिएका ‘नारायण’
  | ५ फाल्गुन २०७८, बिहीबार ०८:०८

बाँके । जिन्दगी अन्योलपूर्ण भयो भने के सोँच्ला मान्छे ? जिन्दगीको रस सकियो, बिना रस गुदीको के काम ? मैले सोचेको जीवन ? मेरो अबको यात्रा ?’ सायद उनीसँग प्रश्न मात्र थिए र साथमा प्रश्नलाई मलजल गर्ने समाज । समाजमा गरिबी, अशिक्षा, पछौटेपन, विभेद आदी धेरै कुराहरुलाई हाम्रो समाजले अझै मलजल गरिरहेको छ ।

दिन फरक हुन्थ्यो प्रश्न उही रहन्थे । यस्तै प्रश्न र चुनौतीका बीच अघि बढिरहेका थिए नारायण शर्मा । यस्तै प्रश्न र सोंचहरुको भारी बोकेर नारायण २००८ सालमा आफ्नो जन्मथलो नेपालगन्जबाट बिरानो शहर काठमाडौंतिर भास्सिए । नारायणलाई बिरानो शहर काठमाडौंका सबै गल्ली र पनि बिरानो नै लागिरहेको थियो ।

चिनजानका साथीभाई नभएको बिरानो शहरमा पुगेपछि नारायणलाई लाग्यो, जन्मथलो छोडेर आए समाजका लागि अब केही गर्नुपर्छ । उनी केहीदिन निकै घोत्लिए । मेहनत गरेपछि बालुवामा सुन त भेटिन्छ भने जोस, जाँगर र आँटले मानिसलाई सफलताको उचाइँमा पुर्याउँछ भन्नेमा नारायण विश्वस्त र अडिग थिए ।

सयौं सपना बोकेर अनगिन्ती सपना बोकेर काठमाडौं छिरेका नारायण आफ्नो अध्ययनसँगै समाजसेवामा सक्रिय भए । समाजसेवासँगै भरत दाहालले चलाएको राष्ट्रिय पुनःजागरण अभियानमा रहेर दुई बर्ष काम गरे । त्यसपछि डा.सुरेन्द्र भण्डारीले चलाएको ‘नेपालका लागि नेपाली’ अभियानको सदस्यका रुपमा समाजसेवामा निरन्तर सक्रिय रहेर काम गरे ।

देश र जनतालाई स्वस्थ बनाउनुपर्छ भन्ने उद्देश्यले ‘नेपालमा हात नमिलाऔँ नमस्कार गरौँ,’ भन्ने अभियान चलाएर सबैलाई दुई हात जोडेर नमस्कार गर्नुपर्छ भन्ने नारासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतामूलक सन्देश फैलाए । ‘नेपालमा हात नमिलाऔँ नमस्कार गरौँ,’ भन्ने अभियानले नै नारायणलाई चर्चित बनायो ।

अहिले उनले युग बृद्ध नेपाल नामक संस्थामार्फत निशुल्क सेनेटरी अभियान चलाएर थप चर्चा बटुल्न सफल भए । स्नातकोत्तर अध्ययन गरेका नारायण काठमाडौंमा बिभिन्न कजेलहरुमा अध्यापन गरे । काठमाडौंमा रहँदा अनगिन्ती कठिनाई र बाधा अवरोधहरुलाई छिचोल्दै आफूलाई अब्बल र सक्षम नागरिक बनाउन सफल भए नारायण ।

अनगिन्ती कठिनाई र बाधा अवरोधहरुलाई छिचोल्दै आफ्नो गाउँठाउँ, बाटोघाटो, समाजका गरिब दुखीको सारथी बनेर आफ्नै गाउँमा सिर्जनशील काम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर काठमाडौंको बसाईलाई बिट मार्दै गृह जिल्ला बाँके फर्किएका छन् । हाल उनी नेपालगन्जका विभिन्न कलेजहरुमा अध्यापनसमेत गरिरहेका छन् ।

अध्यापनसँगै उनी राजनीतिमा होमिएर क्रियाशिल पनि बनेका छन् । हाल राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको सहसचिव रहेका नारायण देश र जनताको लागि उभिने एक मात्र युवा नेताका रुपमा परिचित बनेसँगै नारायणले स्थानीय तहको आगामी निर्वाचनमा बाँकेको जानकी गाउँपालिकाबाट अध्यक्षमा उम्मेद्वारी दिने घोषणा पनि गरेका छन् ।