☰ open Loading... 5 February 2025|  

आमाले विष खुवाउँदा छोरीको मृत्यु
  | ७ फाल्गुन २०७८, शनिबार ०५:३९

दैलेख- दैलेखमा एक महिलाले आफूसँगै ३वर्षिया छोरीलाई बिष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुर टोल घर भई हाल दैलेखको गुराँस गाउँपालिका–१ स्थित माईतीघरमा बस्दै आएकी २१ बर्षीया हरिकला रावल (सार्की )ले आफु सहित ३ बर्षीया छोरी मुना रावललाई बिष सेवन गराउँदा  निधन भएको हो।

विष सेवन गर्ने ती महिलाको अवस्था भने उपचारपछि सामान्य छ ।विषका कारण असक्त भएकी३ बर्षीया छोरी मुनाीलाई उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो।प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ३ बर्षीया छोरी मुना रावलको फागुन ४ गते विहान निधन भएको थियो ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान भइरहेको दैेलेख प्रहरी प्रम्ख भुवनेश्वर प्रसाद साहले बताए ।जाहेरीका आधारमा ती महिलालाई पक्राउ गरिएकोप्रहरी प्रम्ख साहले बताए ।