| १४ फाल्गुन २०७८, शनिबार ०५:२१
यही फागुन २७ देखि २९ गतेसम्म ‘कर्णाली उत्सव’को तेस्रो संस्करण सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णाली र राष्ट्रिय विषयवस्तु सम्बन्धमा बहस हुने जनाएको छ ।
कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’को आयोजना ऋति फाउण्डेसनले हरेक वर्ष गर्दै आएको छ ।
यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको कार्यक्रम कोभिड–१९ को कारण केही समयपछि सारिएको थियो ।