☰ open Loading... 29 November 2024|  

अवैध घरेलु मदिरा नष्ट
  | १४ फाल्गुन २०७८, शनिबार १९:१०

 

यामराज बिष्ट
दैलेख- दैलेख प्रहरीले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको ४सय ८०लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।स्थानीय जनप्रतिनिधि, रोहबरमा शनिबार प्रहरीले बरामद गरिएको ४सय ८० लिटर मदिरा नष्ट गरेको हो।

विशेष सुराकीको आधारमा नारायण नगरपालिका ,भैरवी गाँउपालिका, गुराँस गाँउपालिका बिभिन्न ठाँउमा बाट बरामद गरी नष्ट गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अनुसार तयारी अवस्थाको १ सय २० र कच्चा पदार्थका रुपमा रहेको ३सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो।

दैलेख प्रहरीले अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो।सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ यो अभियान थालिएको उनको भनाइ छ ।