| १५ फाल्गुन २०७८, आईतवार ०५:१२
बाँके : कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगुका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भेरी अस्पतालमा फागुन १ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि फागुन ४ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ ।