यामराज बिष्ट
दैलेख –जिल्ला निर्वाचन कार्यालयले दैलेखले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय दैलेखले सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुझाव संकलन मतदाता नामावलीको अध्यावधिकमा जुटेको हो ।
कार्यालयले जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र पत्रकार ,अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखकी जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिईन् ।स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।२०७८ बैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने उनले बताईन्।कार्यालयको तथ्यांक अनुसार दैलेखमा १लाख६१हजार१सय२० जना मतदानका लागि महिला ८०हजार३सय६६ र पुरुष८०हजार७सय५४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
उनका अनुसार आठबीस नगरपालिकामा १६हजार७सय ६गुराँस गाँउपालिकामा १३हजार६सय५४,चामुण्डा बिन्द्रासैनि नगरलिकामा १४हजार ९सय८३ठांटीकांध गाँउपालिका १०हजार ४सय९७,डुवेश्वर गाँउपालिका१०हजार ६सय९७दुल्लु नगरपालिकामा २५हजार ९सय २९नारायण नगरपालिकामा १८हजार १सय ६२नौमुले गाँउपालिका१३हजार१सय ३,भगवतीमाई गाँउपालिका ११हजार ६सय६२भैरवी गाँउपालिका१३हजार १सय ५५ र महाबु गाँउपालिका १२हजार ५सय ७२ जना मतदाता नामावली रहेको छन् ।१,लाख६१हजार १सय२०जना मध्ये पनि विवरण सच्याउने कार्य अन्तिम नामावलीमा मतदाता संख्या घट्न सक्ने जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मतदानमा सहभागिता जनाउन पाउने हरेक नागरिकको अधिकार रहेको र निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली अध्यावधिक कार्यक्रममा सबैले सहभागिता जनाउन आग्रह गरे। आम नागरिक सचेत नभए मतदानबाट वञ्चित हुने बताउँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आफ्नो मतदाता नामावलीमा केही त्रृटि भएको छ की भनेर सम्बन्धीत पालिकामा सबै मतदाताहरूले जानकारी लिनुपर्ने बताए। उनले मतदाता नामावली अध्यावधिकलाई प्रभावकारी बनाउन राजनीतिक दल, संघ÷संस्थाका पदाधिकारी, नागरिक समाजलगायतले सहयोग गर्नुपर्ने बताए।