☰ open Loading... 5 February 2025|  

दैलेखमा करेन्ट लगाएर माछा मार्ने ४ जना पक्राउ
  | २१ फाल्गुन २०७८, शनिबार ०५:२६

दैलेख- दैलेख प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका बिभिन्न खोलााबाट करेन्ट लगाई बिष्पोटक पदार्थ तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने ४ जनालाई प्रहरीले पक्राउ गलेको हो ।जिल्ला भित्र पर्ने खोलाहरुमा माछा मार्ने बहानामा बिषालु पदार्थ प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।

विहीबार नारायण नगरपालिका वडा नं।८ लोहोरे खोलामा बिद्युतिय धार(करेन्ट)बाट माछा मारी रहेको अबस्थामा प्रहरीको गस्ती टोलीले उनिहरुलाई पक्राउ गरी जलचर ऐन २०१७ बिपरित कार्यमा संलग्न रहेका नारायण नगरपालिका वडा नं। ८ का २६ कर्षीय रमेश रावल सोही ठाउँका २८ बर्षिय गणेश रावल, १८ बर्षिय कृष्ण बहादुर रावल र २८ बर्षका धर्मराज सिंहलाई नियन्त्रणमा लियको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।

उनका अनुसार १ थान ब्याट्री २ वटा जाल, इन्भटर लगायतका अन्य सामागीहरु पनि बरामत गरिएको छ ।