दैलेख- नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले अधिकारकर्मीहरुले स्थानीय सरकारका कामलाई कमीकमजोरी मात्रै खोतल्ने सबै कामलाई नकारात्मक सन्देश प्रवाह गर्ने गरेको गुनासो गरेका छन् ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सुन्दर नेपाल संस्थाले आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि सरोकारवालाहरुवीच सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन ।
सरकारी निकायले गरेको राम्रा कामहरुको ‘यो चाहिं राम्रो भयो’ भनेर प्रचार गरे भएका कमजोरी औल्याउनु पनि स्वभाविक मान्न सकिन्थ्यो नगर प्रमुख खड्काको टिप्पणी छ । उहाँले महिला माथि हुने सबै खाले हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी सबै क्षेत्रको सहकार्यता जरुरी रहेको आवश्यकता औल्याए ।
इन्सेकको मानव अधिकार रक्षक सञ्जालका जिल्ला सहसंयोजक लीला खत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष महारुप खत्री, सामाजिक सेवा केन्द्र ९सोसेक०का रमा श्रेष्ठ लगायतले लैंगिक हिंसा रोकथाममा सरोकारवालावीच सहकार्यता विषयमा बोलेका थियो ।
हरेक वर्ष मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस यो वर्ष ११२ औं वाषिकोत्सवको कार्यत्रम दैलेख सदरमुकाममा विविध कार्यका साथ मनाउने तयारी भएको छ । नारायण नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक रावलको अध्यक्षतामा हिजो बसेको पूर्वतयारी बैठकले उक्त निर्णय गरेको हो ।
मूल समिति दैलेखको निर्णय अनुसार भोलि फागुन २४ गते तदानुसार सन् २०२२ मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस सो दिन विहान ११ बजे गणेशचोकबाट ¥याली सहित नगर परिक्रमा सकेर टुडिखेल खुला मञ्चमा आयोजना गरिने छ ।
कार्यक्रममा बाल कलाकारहरुको नृत्य, बालविवाह रोकथाम सम्वन्धी सडक नाटक लगायतका साँस्कृतिक कार्यक्रम राखिएको बताइएको छ।
सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा थालिएको हो ।
अमेरिकाको न्यूयोर्कमा सन् १८५७ मार्च ८ तारिकमा गार्मेन्ट र कपडा उद्योगका श्रमिक महिलाहरुले ८ घण्टा भन्दा बढी काम गराउन नहुने, कार्यस्थलमा महिलाको सुरक्षा र पुरुष सरह मताअधिकारको माग राखी थालिएको आन्दोलनको निरन्तरता पछि संयुक्त राष्ट्र सङ्घले दिवस मनाउने निर्णय गरेको थियो ।