☰ open Loading... 18 November 2024|  

बलात्कार आरोपी एमाले नेता बानियाँ धरौटीमा छुटे
  | ३ चैत्र २०७८, बिहीबार १६:३५

बलात्कार आरोपी एमाले नेता बानियाँ धरौटीमा छुटे

दाङ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। उनी एक महिलालाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका थिए ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन् ।

 

जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।