| ४ चैत्र २०७८, शुक्रबार ०५:२१
दैलेख – दाउरा काट्दै गर्दा भीरबाट खसेको ढुंगाले चोट लागेर दैलेखमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
भगवतीमाई गाउँपालिका ६ नं वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० खगिराम सारुले जानकारी दिए ।
घर नजिकैको दाडीखोला भन्ने जंगलमा रुखमा चढेर काटेको सुकेको हाँगा भित्तामा ठोकिएर खसेको ढुंगा खत्रीको टाउकोमा लागेर घाइते भएपछि उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा ज्यान गएका असई सारुले बताए ।
घरकै भाई र छिमेकी समेत दाउरा काट्न संगै गएका कारण घाइतेलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल लैजादै गरेकोमा भगवतीमाई गाउँपालिका–१ हुलाक टाकुरा पुग्दा प्राण गएको मृतकका बुबा दिलबहादुर खत्रीले बताए ।