☰ open Loading... 17 November 2024|  

कृषि ऋण पहुँचवालाकै पोल्टामा
  | ५ चैत्र २०७८, शनिबार १८:५२

कालिकोट : कालिकोट जिल्लाका अगुवा किसानहरुले नेपाल सरकारले किसानलाई दिने भनेर घोषणा गरेको कृषि ऋण पहुँचवालाकै हातमा रहेको गुनासो गरेका छन् । शुक्रबार मान्ममा पहाडी साना किसानका लागि अनुकलन आयोजना समन्वय इकाइ कालिकोटले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कृषक, एग्रोभेट बजार तथा संवद्ध निकायसंग भएको एक दिने समीक्षा गोष्ठीमा सो कुरा बताएका हुन् ।

 

अहिलेसम्म कालिकोट जिल्लामा दिने भनिएको कृषि ऋण कालिकोटमा लागु नगरेको कृषि विकास बैंक पनि अन्य बैंक जस्तो भएको शुभकालिका गाउँपालिका वडा नं ५ का अगुवा कृषक सिंह बहादुर बोहराले दुखेसो पोखे । उनले ब्यावसायका लागि भनिएको कृषिऋणमा वास्तबिक किसानको प्रकृया नपुग्नेमा कानुन बनाउने तथा जिम्मावार निकाय दोषी भएको पनि उनको भनाइ छ । बास्तविक किसानले ऋण पाउनको लागि धितो प्रकृया हटाई ब्यावसायलाई आधार माने मात्र बास्तविक किसानको हातमा ऋण जाने रास्कोट नगरपालिका वडा नं ९ का अगुवा कृषक पुस्पराज बरालले बताए ।

No description available.

‘लोन लिनलाई सुर्खेत, काठमाडौं, नेपालगन्ज जस्ता सहरी इलाकामा घर, घरेडी धितो राख्नु पर्ने प्रकृया हटाउनु पर्छ’, उनले भने, ‘किसानले उत्पादन गरेका कृषि बस्तुलाई बजारसम्म पुर्याउन ढुवानी अनुदान तथा छुटै कृषि सामग्री ढुवानीका लागि गाडीको सुबिधा हुनु पर्छ ।’

 

गोष्ठीमा सबै एग्रोभेटको तर्फबाट आफ्नो भनाइ राख्दै मिलन एग्रोभेटका संचालक डिल बहादुर रोकायाले पहाडी भूभागमा  बीउ उत्पादन गरी अर्गानिक खेतितर्फ सबै किसानलाई लाग्न अनुरोध गरे । उनले रसायनिक मलको प्रयोगले उत्पादित कृषि बस्तुहरु खानको लागि उपयोग नहुने भएकाले यसलाई रोकेर आधुनिक तरिकाबाट कृषि खेति गर्नमा सबैले जोड दिनुपर्ने बताए ।

 

कालिकोट जिल्लाका ६ वटा स्थानीय तहमा लागु भएको आयोजनाले कर्णाली प्रभावित क्षेत्र र तिला प्रभावित क्षेत्रमा पर्ने रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनथा गाउँपालिका, पचालझरना गाउँपालिका र पलता गाउँपालिकाका ६६ जना अगुवा कृषकहरु सृजनाा गरेको आशा परियोनना कालिकोटका प्रमुख अशोक बर्तौलाले बताए । आफ्नो परियोजना जनताको भावना अनुरुप जिल्लामा लागु भएको प्रमुख वर्तौलाको भनाइ छ ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाही, पशु अस्पतालका प्रमुख लक्ष्मि प्रसाद अधिकारी, जिल्ला कृषि बिकास कार्यालय कालिकोटका बागवानी बिकास अधिकृत चन्द्र बहादुर शाही, साना किसानका लागि अनुकलन आयोजना आशा आयोजना कालिकोटमा प्रमुख अशोक बर्तौला, नेपाल पत्रकार महासंघ कालिकाटका सचिव खडानन्द अधिकारी, कार्यक्रम लागु भएका क्षेत्रका अगुवा कृषक, जिल्लास्थित एग्रोभेटका प्रतिनिधि लगाएतको सहभागिता रहेको आशा कालिकोटका कर्मचारी दिनेश संज्यालले बताए ।