| ६ चैत्र २०७८, आईतवार १९:५५
सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा का प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेकाे फागुन ३ गतेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।
निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिनका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जनाएकाे छ । उनी आजै नेकपा एमालेमा प्रवेश गर्दै छन् ।