☰ open Loading... 18 November 2025|  

च्याउ खेतीबाट मनग्य आम्दानी
  | ९ चैत्र २०७८, बुधबार १७:२०

 

यामराज बिष्ट दैलख –नारायण नगरपालिका–८ का दिनेश कुमार खड्काले व्यवसायिक च्याउ गरेर राम्रो आम्दानी गरेका छन् । उनले च्याउ खेती गरेर बार्षिक ४ लाख आम्दानी गरेको बताए ।आफुले चार बर्ष देखि च्याउ खेती गर्दै आएको व्यवसायिक रुपमा भने एक बर्ष यता देखि च्याउ खेति सुरु गरेको उनले जानकारी दिए ।

 

दिनमा सरकारी जागिर गर्दै आएका खड्का साझ बिहान बचेको समयको सदुपयोगको लागि मात्रै च्याउ खेती सुरु गरेको उनले भने’ पछिल्लो समय भने आफुले व्यवसायीक रुपमै च्याउको खेती गर्न सुरु  गरेको बताए ।

कार्यालय समय अघि पछिकाे फुर्सदकाे समयलाई प्रयाेग गर्दै च्याउ खेती ,अर्गानिक खाद्यान्न  बाली तरकारी खेती पशु पालन माैरी पालन जस्ता काममा ब्यस्त हुने गरेको उनले बताए । केही बर्ष पहिला आफन्त बाट च्याउ खेति लगाउने तरिका हेरेर आफुले कन्या च्याउ खेतिको सुरुवात गरेको उनि बताउछन् ।

एस एस डि आर कृर्षि तथा पशुपक्षी फर्म दर्ता गरेर ब्यवसायिक रुपमा सुरु गरेका खड्काले बजारमा च्याउको मुल्य प्रति किलो २ सय रुपैयाँमा बिक्री भएको उनले बताए । आफुले ब्यवसायिक रुपमा सुरु गरेपछि पछिल्लो समय च्याउ खेतिबाट आम्दानी मनग्य गरेको उनको भनाइ छ ।

No description available.

 

स्वदेशमै मेहेनत गरे बार्षिक करोडौं आम्दानि गर्न सकिने खड्काले बताए । ‘हामीलाई किन बिदेश जानु प¥यो । मेहेनत गरे आफनै माटोमा डलर फल्दो रहेछ ।’ उनले थपे, ‘अवका यूवाहरुको सपना खाडीमा गएर भाँडा माज्ने हैन । आफनै देशमा दुइ÷चार चनालाई रोजगारी दिने हुनुपर्छ ।

आफुले एक लाखबाट आफुले च्याउ खेति सुरु गरेको र जिल्ला कृषि विकास कार्यालय दैलेखले १लाख अनुदान सहयोग गरेको उनले बताए ।आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो छ । जिल्लाका सबैजसो स्थानका कृषक च्याउ खेतीमा आबद्ध छन् ।कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने उनले बताए ।