☰ open Loading... 15 November 2024|  

विदेशी पर्यटकलाई स्वागत
  | ८ चैत्र २०७८, मंगलवार ०५:१३

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा इटालियन पर्यटकलाई बाजागाजा सहितको सांस्कृतिक झाँकीले भव्य स्वागत गरिएको छ । रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण बस्तीको भ्रमणमा आएका आठ जना पर्यटकलाई खलङ्गा बजार परिक्रमा गरेर स्वागत गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा पहिलो पटक रुकुम भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले बताउनुभयो । उहाँका विदेशी पर्यटकले ११ दिनसम्म दुई वटै जिल्लाका ताल तलैया, उच्च हिमाल क्षेत्र तथा ग्रामीण बस्तीको अवलोकन गर्ने भएका छन् ।

भ्रमणका लागि रुकुम आएका विदेशी पर्यटकले अनाथ बालबालिका तथा ग्रामीण क्षेत्रको शैक्षिक अवस्थालाई बुझेर आर्थिक सहयोग समेत गर्ने बताइएको छ ।