☰ open Loading... 7 December 2024|  

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि विद्यार्थीले गरे छिन्चुमा यातायात बन्द
  | ८ चैत्र २०७८, मंगलवार ०५:१९

सुर्खेत : टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार बन्द गरेकाे छ । टिपरको ठक्करबाट मृत्यु भएकी लक्ष्मी पुलामीका दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा विद्यार्थीहरूले सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका हुन् ।

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेकाे उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई भे १ ख ३१०२ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनामध्ये लेकबेशी नपा ५ नेटाकी १८ वर्षीया लक्ष्मी पुलामी मगरको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकलमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकल चालक लेकबेशी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विकसँगै टिपर र चालक बर्दियाको बाँसगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ