काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ । सोही अवधिमा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २ हजार ६८८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना मुक्त भए, १ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ८१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख २८ हजार ५१७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।