☰ open Loading... 17 November 2024|  

दैलेखमा निर्वाचन चिन्हका लागि आठ दलले बुझाए बिवरण
  | १२ चैत्र २०७८, शनिबार ०५:२४

दैलेख- दैलेखमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन चिन्हका लागि जिल्लाका आठ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ठुला ६ दल बाहेक ८ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्। जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाका अनुसार निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ७ गतेसम्म आवेदन दिनका लागि समय दिए अनुसार आठ राजनैतिक पार्टीले निर्वाचन चिन्हका लागि विवरण बुझाएको जानकारी दिइन ।

उनले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले अन्य आठ दलले चिह्नका लागि विवरण बुझाएको बताइन ।प्रमुख  काउचाका अनुसार राष्ट्रिय जनमोर्चा,राष्ट्रिय प्रजातन्त्र पार्टी,मजदुर किसान पार्टी,उन्नत लोकतान्त्रिक पार्टी,नेपाल परिवार दल,सामाजिक एकता पार्टी,राप्रपानेपाल,जनसमाजबादी पार्टीले आवश्यक विवरण सहित निर्वाचन चिन्हको लागि माग गरेको र दलहरूको विवरण निर्वाचन आयोगमा पठाइएका छौ ।स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।