☰ open Loading... 13 January 2025|  

बिभिन्न फार्महरुको अनुगमन गदै कृषि बिकास कार्यालय दैलेख
  | १३ चैत्र २०७८, आईतवार ०५:२९

यामराज बिष्ट
दैलेख- कृषि बिकास कार्यालय दैलेखले जिल्लाको गुराँस गाँउपालिकामा रहेका बिभिन्न फार्महरुको अनुगमन गरेको छ । शुक्रबार कृषि बिकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाको नेतृत्वमा अनुगमन गरिएको हो।

जिल्लाको गुराँस गाउँ पालिका वडा नम्बर- ७ मा किभी खेतिको अनुगमन गरिएको छ । गुराँस गाउँपालिका वडा नं- ७मा सुरुवात गरिएको किभी खेति लागी कृषि बिकास कार्यालय दैलेखले १०लाख रुपैयाँ अनुदान सहयोग र समृद्र कर्णाली फार्म प्रालीको १० लाख लागत रहेको छ । कार्यालयले लगानी गरिएको किभी खतिमा प्रबर्दन गर्ने उदेश्यले अनुदान सहयोग गरिएको प्रमुख थापाले बताए । किवी खेतीका लागि गुराँस गाँउपालिकाको हावापानी र भूगोल मिलेकाले गाँउपालिकामा किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले बताए ।

 

No description available.

 

 

किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी अन्य ठाँउमा पनि काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले १८: ५ हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती हुँदै आइरहेको छ । कृषि विकास कार्यालय दैलेखले ७ हजार ४ सय १० किवीका बोटहरु वितरण गरेको उनले बताए ।

त्यस्तै यता गुराँस गाउँपालिका वडा नम्बर -६मा रहेको गुराँस झरना बहुउदेश्य कृषक समुह र कर्णाली आलु बिउ उत्पादन कृषक समुहको पनि अनुगमन गरिएको छ । उक्त कृषि समुहमामा पनि कृषि बिकाश कार्यालयको आलु खेति पर्बद्रनको लागी४लाख संस्थाको करिब ५ लाख लागत रहेको छ ।कर्णाली आलु बिउ उत्पादन कृषक समुहलाई कार्यालयले ५लाख अनुदान सहयोग गरेको छ । गुराँस गाउँपालिकालाई तरकारीमा आत्मर्नीभर बनाउने उद्देश्यका साथ फर्म सञ्चालन गरिएको हो।

अनुगमन पछि सञ्चारकर्मी सँग कुराकानी गदै कृषि बिकास कायालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले भने “तिनै योजनाको अवस्था राम्रो छ र तिनै योजनालाई प्रभावकारी संगै दिगो बनाउनु पर्ने ‘ सुझाव दिएका छन् ।अनुगमनमा कृषि मन्त्रालयका अधिकृत पुर्णलाल सापकोटा,कृषि बिकास कार्यालय दैलेखका कृषि अर्थ बिज्ञ झलक भण्डारी तथा पत्रकारको सहभागिता रहेको थियो ।